HEAD OFFICE

Bharatpur, 11 Chitwan

CONTACT US

+977-056-533136

E-MAIL

himalisaccos@gmail.com

Savings and Deposit

 नियमित मासिक बचत
प्रत्येक महिनामा अनिवार्य रुपमा संस्थामा भविष्यको लागि मासिक रुपमा जम्मा गरिएको बचत नियमित मासिक बचत हो ।
विशेषता

  • खाता खोले बापत कुनै शुल्क लाग्ने छैन
  • न्युनतम मासिक बचत रु ५०० जम्मा गर्नुपर्नेछ ।
  •  बचतको आधारमा सजिलै बचत जमानीमा ऋण लिन पाइने छ ।
  •  प्रत्येक महिनाको मसान्त सम्म बचत गर्नुपर्नेछ ।
  •  यस प्रकारको बचतको व्याज पुजीकृत नभइ झिक्न पाइनेछ ।
  •  अर्धवार्षिक व्याज प्रदान गरिने छ ।

सदस्यहरुको आर्थिक कारोवारमा सरलता प्रदान गर्न सदस्यले आफुँसग  भएको रकम ईच्छा अनुसार राख्न र झिक्न पाउने सुविधा भएको बचत खाता विशेष बचत खाता हो ।

विशेषता

  • खाता खोल्न कुनै शुल्क नलाग्ने ।
  • दैनिक कारोबार गर्न सक्ने हुनुपर्ने ।
  • बचत फिर्ता लिन कुनै रोक नहुने ।
  • त्रैमासिक व्याज प्रदान गरिने आवधिक बचत खाताको व्याज यही खातामा प्रदान गरिने ।
  • न्युनतम १००० खातामा रहनपर्ने ।

सदस्यहरुलाई तिर्थ तथा अवलोकन भ्रमण गर्दा कुनै किसिमको आर्थिक सङ्कट पर्न नदिन भनि खोलिएको खाता तिर्थास्टन बचत हो ।
विशेषता

  •  निःशुल्क खाता खोल्न पाइने
  •  इच्छा अनुसार बचत गर्न पाइने
  •  दुई वर्षमा एक पटक बचत झिक्न पाइने

सदस्यहरुलाई पारिवारीक चाडपर्व ढुक्क सँग मनाउन सक्ने बनाउन वर्षमा एक पटक झिक्न मिल्ने गरी खोलिको खाता चाडवर्प बचत हो ।
विशेषता

  • निःशुल्क खाता खोल्न पाइने
  •  मासिक बचत गर्न पर्ने
  •  वर्षमा एक पटक बचत झिक्न पाइने

 वृद्ध अवस्थामा आर्थिक रुपमा बलियो बनाउन तथा आर्थिक संकट पर्न नदिन खोलिने खाता जेष्ठ नागरिक खाता हो ।
विशेषता

  • खाता खोल्न कुनै शुल्क नलाग्ने
  •  ६० वर्ष पुरा भएको हुनुपर्ने
  •  मासिक रुपमा बचत गर्न नपर्ने, इच्छा अनुसार बचत गर्न पाइने
  •  त्रैमासिक व्याज प्रदान गरिने
  •  आवश्यकता परेमा बचत फिर्ता घरमा नै कर्मचारी खटाइ गर्न सकिने ।

संस्थाका सदस्यहरुले निश्चित समय अवधि सम्मको लागि सम्झौता गरी राखिने बचत आवधिक बचत हो ।
विशेषता

  • खाता खोल्न कुनै शुल्क नलाग्ने
  •  न्युनतम रु २५००० भन्दा बढि १००० ले भाग जाने रकम एकमुष्ट बचत गर्न सकिने
  •  व्याज विशेष बचत खातामा जम्मा गरिने ।

बालबालिकाको भविष्य सुनिश्चित गर्न १६ वर्ष मुनिका बालबालिकाको लागि मासिक वा ऐच्छिक रुपमा जम्मा गर्ने गरी खोलिएको खाता बाल बचत खाता हो ।

  •  खाता खोल्न कुनै शुल्क नलाग्ने
  • नियमित बचत गर्ने सदस्यको छोरा छोरी हुनुपर्ने
  •  १६ वर्ष पुगेपछि निशुल्क नियमित बचतमा परिवर्तन गर्न सकिने

थोरै थोरै जम्मा गरी एकमुष्ट सुन आउने रकम बराबर झिक्न पाउने गरी खोलिएको खाता गहना बचत हो ।
विशेषता

  •  निशुल्क खाता खोल्न सकिने
  •  एक तोला सुन आउने रकम जम्मा भएपछि सबै पैसा निकाल्न सकिने
  •  भएको बेला बचत गर्न सकिने
  •  ऋण लगानी गर्दा यो खाताको रकम गणना नहुने
  •  आकर्षक व्याजदर प्राप्त गर्न सकिने
  •  त्रैमासिक व्याज प्रदान गरिने ।

भविष्य सुनिश्चितताको लागि वर्षभरी लाग्ने विमांक रकम जम्मा गर्ने उद्देश्यले खोलिएको खाता बिमा बचत खाता हो ।
विशेषता

  •  निशुल्क खाता खोल्न सकिने
  •  बचतको समयावघि १ वर्ष हुने
  •  विमांक रकम बराबर बचत गर्न सकिने
  •  मासिक बचत गर्न सकिने
  •  आकर्षक व्याजदर प्राप्त गर्न सकिने
  •  त्रैमासिक व्याज प्रदान गरिने ।

युवा पुस्ताको भविष्य सुनिश्चित गर्ने उद्येश्यले इच्छा अनुसार बचत राख्न र झिक्न पाउने गरी खोलिएको खाता युवा बचत खाता हो ।

विशेषता

  •  निशुल्क खाता खोल्न सकिने
  •  चाहना अनुसार बचत गर्न र झिक्न सकिने
  •  १८ वर्ष देखि ४५ वर्षका उमेर समुहले खाता खोल्न सकिने
  •  त्रैमासिक व्याज गणना गरिने

५ वर्ष मुनिका बालबालिकाहरुलाई विभिन्न किसिमका स्टेसनरी तथा सुविधाहरु उपलब्ध गराउनुका साथै उनीहरुको भविष्य सुनिश्चित गर्ने उद्देश्यले खोलिएको बचत खाता कोपिला बचत खाता हो ।
विशेषता

  • निशुल्क खाता खोल्न सकिने
  •  जन्मेदेखि ५ वर्ष सम्मका बच्चालाई खाता खोल्न सकिने
  •  मासिक बचत गर्न पर्ने
  •  जन्मदिनमा केक वितरण गरिने
  •  ३ वर्ष पुगेपछि व्याग स्टेसनरी प्रदान गरिने
  •  ५ वर्ष पुगेपछि बालबचतमा ट्रान्सफर गर्न सकिने
  •  आर्कषक व्याजदर प्राप्त गर्न सकिने
  •  त्रैमासिक व्याज प्रदान गरिने