Savings and Deposit
नियमित मासिक बचत
प्रत्येक महिनामा अनिवार्य रुपमा संस्थामा भविष्यको लागि मासिक रुपमा जम्मा गरिएको बचत नियमित मासिक बचत हो ।
विशेषता
- खाता खोले बापत कुनै शुल्क लाग्ने छैन
- न्युनतम मासिक बचत रु ५०० जम्मा गर्नुपर्नेछ ।
- बचतको आधारमा सजिलै बचत जमानीमा ऋण लिन पाइने छ ।
- प्रत्येक महिनाको मसान्त सम्म बचत गर्नुपर्नेछ ।
- यस प्रकारको बचतको व्याज पुजीकृत नभइ झिक्न पाइनेछ ।
- अर्धवार्षिक व्याज प्रदान गरिने छ ।
सदस्यहरुको आर्थिक कारोवारमा सरलता प्रदान गर्न सदस्यले आफुँसग भएको रकम ईच्छा अनुसार राख्न र झिक्न पाउने सुविधा भएको बचत खाता विशेष बचत खाता हो ।
विशेषता
- खाता खोल्न कुनै शुल्क नलाग्ने ।
- दैनिक कारोबार गर्न सक्ने हुनुपर्ने ।
- बचत फिर्ता लिन कुनै रोक नहुने ।
- त्रैमासिक व्याज प्रदान गरिने आवधिक बचत खाताको व्याज यही खातामा प्रदान गरिने ।
- न्युनतम १००० खातामा रहनपर्ने ।
सदस्यहरुलाई तिर्थ तथा अवलोकन भ्रमण गर्दा कुनै किसिमको आर्थिक सङ्कट पर्न नदिन भनि खोलिएको खाता तिर्थास्टन बचत हो ।
विशेषता
- निःशुल्क खाता खोल्न पाइने
- इच्छा अनुसार बचत गर्न पाइने
- दुई वर्षमा एक पटक बचत झिक्न पाइने
सदस्यहरुलाई पारिवारीक चाडपर्व ढुक्क सँग मनाउन सक्ने बनाउन वर्षमा एक पटक झिक्न मिल्ने गरी खोलिको खाता चाडवर्प बचत हो ।
विशेषता
- निःशुल्क खाता खोल्न पाइने
- मासिक बचत गर्न पर्ने
- वर्षमा एक पटक बचत झिक्न पाइने
वृद्ध अवस्थामा आर्थिक रुपमा बलियो बनाउन तथा आर्थिक संकट पर्न नदिन खोलिने खाता जेष्ठ नागरिक खाता हो ।
विशेषता
- खाता खोल्न कुनै शुल्क नलाग्ने
- ६० वर्ष पुरा भएको हुनुपर्ने
- मासिक रुपमा बचत गर्न नपर्ने, इच्छा अनुसार बचत गर्न पाइने
- त्रैमासिक व्याज प्रदान गरिने
- आवश्यकता परेमा बचत फिर्ता घरमा नै कर्मचारी खटाइ गर्न सकिने ।
संस्थाका सदस्यहरुले निश्चित समय अवधि सम्मको लागि सम्झौता गरी राखिने बचत आवधिक बचत हो ।
विशेषता
- खाता खोल्न कुनै शुल्क नलाग्ने
- न्युनतम रु २५००० भन्दा बढि १००० ले भाग जाने रकम एकमुष्ट बचत गर्न सकिने
- व्याज विशेष बचत खातामा जम्मा गरिने ।
बालबालिकाको भविष्य सुनिश्चित गर्न १६ वर्ष मुनिका बालबालिकाको लागि मासिक वा ऐच्छिक रुपमा जम्मा गर्ने गरी खोलिएको खाता बाल बचत खाता हो ।
- खाता खोल्न कुनै शुल्क नलाग्ने
- नियमित बचत गर्ने सदस्यको छोरा छोरी हुनुपर्ने
- १६ वर्ष पुगेपछि निशुल्क नियमित बचतमा परिवर्तन गर्न सकिने
थोरै थोरै जम्मा गरी एकमुष्ट सुन आउने रकम बराबर झिक्न पाउने गरी खोलिएको खाता गहना बचत हो ।
विशेषता
- निशुल्क खाता खोल्न सकिने
- एक तोला सुन आउने रकम जम्मा भएपछि सबै पैसा निकाल्न सकिने
- भएको बेला बचत गर्न सकिने
- ऋण लगानी गर्दा यो खाताको रकम गणना नहुने
- आकर्षक व्याजदर प्राप्त गर्न सकिने
- त्रैमासिक व्याज प्रदान गरिने ।
भविष्य सुनिश्चितताको लागि वर्षभरी लाग्ने विमांक रकम जम्मा गर्ने उद्देश्यले खोलिएको खाता बिमा बचत खाता हो ।
विशेषता
- निशुल्क खाता खोल्न सकिने
- बचतको समयावघि १ वर्ष हुने
- विमांक रकम बराबर बचत गर्न सकिने
- मासिक बचत गर्न सकिने
- आकर्षक व्याजदर प्राप्त गर्न सकिने
- त्रैमासिक व्याज प्रदान गरिने ।
युवा पुस्ताको भविष्य सुनिश्चित गर्ने उद्येश्यले इच्छा अनुसार बचत राख्न र झिक्न पाउने गरी खोलिएको खाता युवा बचत खाता हो ।
विशेषता
- निशुल्क खाता खोल्न सकिने
- चाहना अनुसार बचत गर्न र झिक्न सकिने
- १८ वर्ष देखि ४५ वर्षका उमेर समुहले खाता खोल्न सकिने
- त्रैमासिक व्याज गणना गरिने
५ वर्ष मुनिका बालबालिकाहरुलाई विभिन्न किसिमका स्टेसनरी तथा सुविधाहरु उपलब्ध गराउनुका साथै उनीहरुको भविष्य सुनिश्चित गर्ने उद्देश्यले खोलिएको बचत खाता कोपिला बचत खाता हो ।
विशेषता
- निशुल्क खाता खोल्न सकिने
- जन्मेदेखि ५ वर्ष सम्मका बच्चालाई खाता खोल्न सकिने
- मासिक बचत गर्न पर्ने
- जन्मदिनमा केक वितरण गरिने
- ३ वर्ष पुगेपछि व्याग स्टेसनरी प्रदान गरिने
- ५ वर्ष पुगेपछि बालबचतमा ट्रान्सफर गर्न सकिने
- आर्कषक व्याजदर प्राप्त गर्न सकिने
- त्रैमासिक व्याज प्रदान गरिने